सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फाको आकस्मिक कार्यसमिति बैठकले गर्यो ४ निर्णय

शनिबार, १८ चैत्र २०७९खेलपाटी संवाददाता
एन्फाको आकस्मिक कार्यसमिति बैठकले गर्यो ४ निर्णय

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विवादित बनेको आकस्मिक कार्यसमितिको बैठकले चार निर्णय गरेको छ ।

एन्फाको असन्तुष्ट समूहको बहिष्कारको बाबजुत शनिबार बसेको आकस्मिक कार्यसमितिको बैठकले प्रधानमन्त्री थ्री नेसन्स कप विजेता नेपाली टोलीलाई नगद पुरस्कारका लागि सरकारसँग माग गर्ने लगायतको चार निर्णय गरेको हो ।

बैठकमा उपाध्यक्षत्रय बिराजजंग शाह, दिर्घबहादुर केसी, दिपक खतिवडा र सदस्यहरु महेन्द्र क्षेत्री, रविन्द्र चन्द, रमेश ब्यन्जनकार, पेमा लामा, मनिष जोशी अनुपस्थित रहेका थिए । 

अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले नेपाली राष्ट्रिय फुटवल टोलीका हरेक खेलाडी र सदस्यहरुलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

यस्तै प्रतियोगितामा सहभागिता जनाइदिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद ज्ञापन गर्ने निर्णय बैठकले गरेको एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले थ्री नेसन्सको उपाधि जितेको थियो ।

त्यस्तै बैठकले फिफासँग विभिन्न शीर्षकमा बजेट माग गर्ने निर्णय गरेको छ ।

बैठकले शहिद स्मारक 'बी' डिभिजन टिम तयारीको लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार दिन र बी डिभिजन लिग संचालनको बजेट ३,९३,०१,८१३ पारित गरेको छ ।

जिल्ला लिग संचालनका लागि प्रत्येक जिल्लालाई प्रदान गरिने रकम माग गरिने, जिल्लाको कार्यालय संचालन गर्नलाई  २ लाख दिने , जिल्ला फुटबल सामाग्रीहरुको लागि १ लाख  दिने र ए, बी, सी डिभिजन लिग, महिला लिग र जिल्ला लिग लगायत प्रतियोगिता खर्चका लागि संघले प्राप्त गर्ने अनुदानको विभिन्न शीर्षबाट रकम निकासाका लागि एएफसी र फिफासँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पुरस्कार स्वरुप प्राप्त हुने ९ हजार ५०० अमेरिकी डलर र नेपाली राष्ट्रिय टोलीको बसोवास खर्च राष्ट्रिय खेलकुद परिषद्सँग माग गर्ने निर्णय गरेको छ ।

यस्तै शहिद स्मारक ए, बी र सी डिभिजन लिगको अपुग हुन आउने बजेट राष्ट्रिय खेलकुद परिषद्सँग माग गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ  ।

बैठकले संघले फिफाको सहयोगमा निर्माण गर्ने पुर्वाधारको कार्यक्रम बारे सम्भावना, सहभागिता र जग्गा प्राप्तीको अवस्था वा जग्गा भाडामा प्राप्त गर्ने अवस्थालाई हेरि आगामी दिनमा फुटबल मैदान निर्माणका लागि संघसंग आवद्ध जिल्ला संघहरु र क्लबहरु लगायत सदस्य संस्थाहरुलाई आन्तरिक रुपमा पत्राचार गरि प्रस्ताव माग गर्ने निर्णय समेत गरेको छ ।

Loading ad...
LiNing Ad
एन्फाको आकस्मिक कार्यसमिति बैठकले गर्यो ४ निर्णय

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक