मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

खेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहाल

शनिबार, चैत १८, २०७९खेलपाटी संवाददाता
खेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहाल
Classic Tech Internet Ad

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद सामान्य क्षेत्र नभएको बताएका छन् ।

राखेपद्वारा शनिबार लाजिम्पाटमा आयोजित खेलकुद पूर्वाधार नीति संवाद– २०७९ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने– ‘खेल क्षेत्र राष्ट्रिय एकतालाई सुदृढ गर्ने क्षेत्र हो । सामाजिक अनुशासन र सद्भावलाई सुदृढ गर्ने क्षेत्र पनि हो । अन्तर्राष्ट्रिय भाइचारा मार्फत मानव जातीलाई नै एउटा हार्मोनीतर्फ लैजाने क्षेत्र पनि हो । खेलकुद सामान्य क्षेत्र होइन । अहिले त खेलकुद आर्थिक, राजनितिक, कुटनितीकलगायत हरेक दृष्टिकोणले पनि खेल क्षेत्रको महत्व गुणात्मक ढंगले बढ्न गएको छ । मलाई यो कुराको गहिरो हेक्का छ । खेल क्षेत्रको राजनितिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा के महत्व छ भन्ने कुरा मलाई राम्रो हेक्का छ ।’

प्रधानमन्त्री दाहालले खेल क्षेत्रमा केहि गरौं भन्ने भावना रहेको बताउदै कार्यक्रमबाट आएका निष्कर्षलाई हेरेर नीति, कार्यक्रम र बजेटमा व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

‘खेल क्षेत्रमा केहि गरौं भन्ने भावना छ । तर हाम्रा सीमाहरु छन् । बजेटका सीमा छन् । अर्थतान्त्रको सीमा  छन् ।’ प्रधानमन्त्री दाहालले भने– ‘यति हुँदा हुँदै पनि आफ्नो पनि खेल क्षेत्रमा विशेष अभिरुची हुनका नाताले केहि गर्नु पर्छ भन्ने अठोट लिएको छु । कार्यक्रमबाट आएका निष्कर्षलाई हरेर मैले नीति, कार्यक्रम, बजेटमा व्यवस्था गर्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री दहालले प्रत्येक विद्यालय र गाउँगाउँमा खेल इकाइ गठन गर्दै खेल मैदान बनाउने कुरालाई संस्थागत रुपमा लैजानलाई उच्च प्राथमिकता दिनु पर्नेमा जोड दिदै हिमालदेखि पहाड, तराई सबै तिर संरचना निर्माण गर्न सके नेपाल उत्कृष्ट खेलकुद हब हुन सक्ने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले खेल क्षेत्रमा बजेट बृद्धिको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए । ‘खेल क्षेत्रमा बजेट बृद्धिको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बजेट निर्माणको प्रकृया चलिरहेको छ । यस विषयमा यहाँ उठेका मर्म र भावनालाई सम्बोधन गर्ने गरी बजेट निर्माणमा मेरो निर्देशन हुनेछ ।’ प्रधानमन्त्री दाहालले भने ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद पूर्वाधार बनाउने विषयमा स्पष्ट हुन जरुरी रहेको बताउदै कर्मचारी हस्तान्तरणको विषयमा पनि गम्भीर हुनु पर्ने आवश्यक्ता औल्याए ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेलकुदमा देखिएको नीतिगत र प्रशासनीक समस्याको हल हुन आवश्यक रहेको बताउदै बागमती प्रदेशले पूर्वाधारको समस्यालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधारलाई प्राथमिकता दिने बताइन् ।

महानगरपालिका फोरमका अध्यक्ष समेत रहेका पोखरा महानगरपालिका मेयर धनराज आचार्यले राष्ट्रिय एकताका लागि, व्यक्तिगत स्वास्थ्यसंगसंगै सामाजिक स्वास्थ्यका लागि पनि खेलकुदलाई राज्यले प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ उपयुक्त खेल पूर्वाधार भएको अवस्थामा थुप्रै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने बताउदै खेलकुद पूर्वाधार निर्माणमा सबैको सहभागिता कसरी हुन सक्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए ।

‘खेलकुद पूर्वाधार र खेलकुदको दायित्व सिंगो देशको हो । राज्यको हो । राज्यको हो भनेपछि त्यो नागरिकको पनि हो । खेलकुदको मुल उद्घमका रुपमा रहेको विद्यालयको पनि हो । विश्व विद्यालयहरुको हो । यसका आंगिक क्याम्पसहरुको पनि हो । सदस्य–सचिव घिसिङले भने– ‘यति मात्र होइन आम नागरिकलाई स्वास्थ राख्न हजारौं संख्यामा रोजगार दिन सक्ने औधोगिक क्षेत्रले पनि किन खेलस्थल नबनाउने । निजी क्षेत्रको पनि दायित्व हो । तीनै तहका सरकारको समान दायित्व हो । खेलकुद पूर्वाधार बनाउनका लागि र खेलकुदको विकासको नीति तयार गर्न यो संवादले सही निष्कर्ष निकाल्ने विश्वास छ ।’

सदस्य–सचिव घिसिङले कार्यक्रमबाट आएको निचोडलाई सफल बनाउन सबैको महत्वपूर्ण र सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे ।

राखेपका उपाध्यक्ष शिव कोइरालाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री र सचिव, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव, प्याब्सन र एन प्याब्सनका अध्यक्ष, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, जिल्ला समन्वय समिति महासंघका प्रतिनिधि, महानगरपालिका फोरम र गाउँपालिका महासंघका प्रतिनिधि, राखेपका सदस्यलगायतको उपस्थिति रहेको थियो । संवादको निचोड आइतबार सार्वजनिक गरिने छ ।

Bajaj Pulsar Motorcycle Ad
खेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन