तीन क्रिकेटरलाई तिलोत्तमाको सम्मान
आइतबार, चैत १२, २०७९खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद सहित सम्मान गरेको छ ।
नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई जनही ५० हजार नगद राशीसहित सम्मान गरेको हो ।
आईसीसी विश्वकप लिग टूमा शीर्ष तीनमा स्थान पक्का गराउदै सोझै विश्वकप छनोट पुर्याउने तथा ८ बर्ष पछि नेपाललाई यू-१९ विश्वकपमा पुर्याउन सफल क्रिकेटरको सम्मान गरिएको हो ।
नेपाल सोझै विश्वकप छनोटमा पुग्नुका साथै एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन योगदान दिएका ओपनर ब्याटर कुशल भुर्तेल तथा राष्ट्रिय टोलीको अन्तिम १४ मा रहेका श्याम(मौसम) ढकाललाई सम्मान गरिएको हो ।
नगरपालिकाले ८ बर्ष पछि यू-१९ विश्वकपमा नेपाललाई पुर्याउन महत्वपूर्ण योगदान दिने टोलीका क्याप्टेन देव खनाललाई समेत सम्मान गरेको छ ।
तीन क्रिकेटरलाई तिलात्तमाको सम्मान










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)
