एजेन्सी । अर्जेन्टिनाका पुर्व कप्तान डिएगो सिमोनले अर्जेन्टिना कप्तान लियोनल मेस्सी भन्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो उत्कृष्ट रहेको बताएका छन् । विश्वकप फुटबलमा अर्जेन्टिना क्रोएसियासँग ३ – ० ले स्तब्ध भएपछि बाहिरिएको एक अडियोमा सिमोनले यो समय मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट रहेको बताएका हुन् ।
एट्लेटिको मड्रिडका प्रशिक्षक सिमोनले वाट्सएप च्याटमा अर्जेन्टिनाका पुर्व गोलकिपर जेर्मन बुर्गोससँगको कुराकानीमा रोनाल्डो उत्कृष्ट रहेको बताएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ । बुर्गोस एट्लेटिकोका सहायक प्रशिक्षक समेत हुन् ।
'मेस्सी धेरै राम्रा खेलाडी हुन् । मेस्सी धेरै राम्रा हुन् किनकी उ असाधारण खेलाडी हुन्', क्रोएसियासँगको खेलपछि सिमोनले बुर्गोसलाई सोधेका छन्, 'तर, तपाई अहिले समान्य टोलीका लागि मेस्सी र रोनाल्डोलाई छनोट गर्नु चाहनुहुन्छ भने कसलाई रोज्नुहुन्छ ।'
यस्तै सिमोनले अर्जेन्टिनाको टोलीमा अहिले लिड गर्ने खेलाडी र प्रशिक्षक कोहि नभएको बताए । उनले भनेका छन्, 'क्रोएसियासँगको खेल हेर्यौ जुन बिगत चार बर्षबाट भैरहेको छ । त्यहाँ कुनै नेतृत्व छैन, प्रशिक्षक वा कुनै खेलाडीबाट । कसले नतृत्व गर्ने ? टिम गुमेको मैले देखे ।'
रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत बिहिबार राति भएको समूह चरणको दोस्रो खेलमा क्रोएसियासँग पराजित भएपनि अर्जेन्टिना र मेस्सीको चौतर्फी आलोचना भइरहेको छ । क्रोएसियाको हारसँगै अर्जेन्टिनाको नकआउट चरण सम्भावना कमजोर बनेको थियो । यस्तै पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।