अन्जनी क्वाटरफाइनलमा
सोमबार, चैत ६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालकी अन्जनी टेली भारतको राजधानी नयाँ दिल्लीमा जारी आईबीए महिला बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्।
महिला ५२ केजी तौल समूहमा हाइटीका खेलाडी क्याटरिन मारिया स्टालीङलाई ५–० अंकले पराजित गर्दै अन्जनीले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।
अब अन्जनीले मार्च २२ तारिखमा बेलारुसका खेलाडी युलिया अपनासोमिचसँग प्रतिस्पर्धा गर्ने छिन् ।
युलियाले उज्वेकिस्तानका खेलाडीलाई स्पीट डिसिजनमा पराजित गरेकी थिइन्।
अन्जनी क्वाटरफाइनलमा