शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. साहसिक खेलकुद
Bhat Bhateni Supermarket Ad

सुमन र अनितालाई शैलुङ अल्ट्रा म्याराथनको उपाधि

आइतबार, ०५ चैत्र २०७९खेलपाटी संवाददाता
सुमन र अनितालाई शैलुङ अल्ट्रा म्याराथनको उपाधि
mustang rice ad

काठमाडौं ।  नेपालका सुमन कुलुङले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन २०७९ को उपाधि जितेका छन् ।

५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङ ७ घन्टा २ मिनेट ५६ सेकेन्डका साथ महिलातर्फ अनिता राईले उपाधि जितेका हुन् ।

उपाधिसँगै कुलुङ र राईले नगद ७५ हजर सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

राष्ट्रिय खेलकुद परिषदको आयोजनमा भएको अल्ट्रा म्याराथनको पुरुष तर्फ दोश्रो स्थानमा बेद बहादुर सुनुवार रहे । उनले उक्त दुरी ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा पुरा गरे । सुनुवारले नगद ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै ५ घन्टा ४४ मिनेट २२ सेकेन्ड समयका साथ दुर्गाराज बुढा तेश्रो स्थानमा रहे । बुढाले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

बागमती प्रदेश खेलकुद विकास समितिको विशेष सहयोगमा आयोजित अल्ट्रा म्याराथनको महिला तर्फ ७ घन्टा ३७ मिनेट २२ सेकेन्ड समयमा साथ मञ्जु रावत द्वितीय र ७ घन्टा ४४ मिनेट ५८ सेकेन्ड समयका साथ रसिला तामाङ तृतीय भए । रावतले नगद ४० हजार र रसिलाले नगद १५ हजारका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

५५ कि.मि. को अल्ट्रा म्याराथनको पुरुषतर्फ अमेरिका, युकेका ४ विदेशी सहित २२ जना र महिला तर्फ ५ जनाको सहभागिता रहेको थियो ।

सुनापती गाउँपालिका, दोरम्बा शैलुङ्ग गाउँपालिका र खाँडादेवी गाउँपालिकाको सह– आयोजनामा भएको प्रतियोगिताको २५ कि.मि.को पुरुष तर्फ मोहन देव जोशी ३ घन्टा ८ मिनेट ३९ सेकेन्ड समयका साथ पहिलो, ३ घन्टा १० मिनेट १० सेकेन्ड समयका साथ देवराज महतारा दोश्रो र ३ घन्टा १४ मिनेट १५ सेकेन्डका साथ होमलाल श्रेष्ठ तेश्रो भए । यस्तै महिला तर्फ ४ घन्टा १९ मिनेट ५४ सेकेन्ड समयका साथ नितु तामाङ पहिलो, ४ घन्टा २२ मिनेट ४८ सेकेन्डका साथ राज्यलक्ष्मी रावल दोश्रो र ४ घन्टा ५५ मिनेट ३६ सेकेन्ड समयका साथ स्विडेनकी लिन्या गोल्सेटर तेश्रो भईन् ।

बिजयी खेलाडीहरुले क्रमश ३५, २० र १० हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस विधामा पुरुष तर्फ न्युजिल्याण्डका १ खेलाडीका साथै ६१ जना र महिला तर्फ स्विडेनकी १ खेलाडीका साथ २१ जनाको सहभागिता रहेको थियो ।

रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन र सुनापती शैलुङ्ग अल्ट्र म्याराथन आयोजना तथा ब्यवस्थापन समितिको ब्यवस्थापनमा भएको प्रतियोगिताको ५ कि.मि. तर्फको स्पर्धामा पुरुष तर्फ मिङ्गामार सिंगी तामाङ र महिला तर्फ हुमी बुढा मगर जित हात पारे । मिङ्गामार २८ मिनेट ३३ सेकेन्ड र हुमीले ३८ मिनेट ३ सेकेन्डका साथ दुरी पुरा गर्दै पहिलो स्थान प्राप्त गरेका थिए । पुरुष तर्फ २८ मिनेट ५८ सेकेन्डका साथ प्रताप खड्का दोश्रो र ३० मिनेट ५६ सेकेन्डका साथ टंक कार्की तेश्रो भए । महिला तर्फ ४४ मिनेट २५ सेकेन्ड समयका साथ अनुषा तामाङ दोश्रो र ४५ मिनेट ५५ सेकेन्ड समयका साथ लक्ष्मी श्रेष्ठ तेश्रो भए । विजयी खेलाडीहरुले क्रमशः २० हजार, १० हजार र ५ हजार नगदका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । ५ कि.मि.का तर्फ ५६ पुरुष र २६ महिलाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन संघिय साँसद पुर्णबहादुर तामाङ (कान्छा राम) र राष्ट्रिय खेलकु परिषद्का सदस्य सचिव टंकलाल घिसिङले संयुक्त रिवन काटेर उद्घाटन गरेका थिए ।

रामेछाप जिल्लाको सुनापती ३, हिलेदेवीबाट सुरु भएको म्याराथन सुनापती गाउँपालिकाको विभिन्न स्थान हुँदै रामेछापको चर्चित देवस्थल खाडाँदेवी मन्दिर, खाडाँदेवी गाँउपालिकाको विभिन्न स्थान र दोरम्बा शैलुङ्ग गाउँपालिकाको विभिन्न स्थान हुर्दै करिव ३२ सय मिटरको उचाईमा रहेको शैलुङ्गमा पुगेर समाप्त भएको थियो ।

विजयीखेलाडीहरुलाई रामेछाप जिल्लाका संघिय साँसद पूर्णबहादुर तामाङ्ग (कान्छा राम), बागमती प्रदेशका साँसद युवराज चौलागाई, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, सुनापती गाँउपालिकाका प्रमुख ठुलो कान्छा तामाङ्ग, दोरम्बा शैलुङ्ग गाउँपालिकाका प्रमुख मैनबहादुर मोक्तान, खाँडादेवी गाँउपालिकाका प्रमुख ज्ञान कुमार श्रेष्ठ, रामेछाप जिल्ला समन्वय समितिकी प्रमुख चिना देवी खड्का कार्की, अन्तराष्ट्रिय अल्ट्रा म्याराथन धावक मिरा राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

LiNing Ad
सुमन र अनितालाई शैलुङ अल्ट्रा म्याराथनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

Bajaj Pulsar Motorcycle Ad
क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

मधेशको सुखद् अन्त्य

मधेशको सुखद् अन्त्य

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो