स्टार्कको सानदार बलिङमा भारत ११७ रनमा अलआउट
आइतबार, ०५ चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाहुना टोली अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको सानदार ५ विकेटको सहयोगमा दोस्रो एकदिवसीय अन्तराष्ट्रियमा घरेलु टोली भारतले १ सय १८ रनको लक्ष्य दिएको छ ।
भारतको विसाखापटनममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २६ ओभरमा अलआउट हुँदै १ सय १७ रन बनायो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ रन बनाउँदै आउट भए । रविन्द्र जडेजाले १६ रन बनाउँदा अक्षर पटेलले अविजित २९ रन बनाए ।
पाहुना टोलीका लागि मिचेल स्टार्कले ५ तथा सेन एबटले ३ विकेट लिए । नाथन एलिसले २ विकेट लिए ।
स्टार्कले ८ ओभरमा ५३ रन खर्चिएर ५ विकेट लिएका थिए ।
तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली १-० ले अघि रहेको छ ।
पहिलो खेल भारतले ५ विकेटले जितेको थियो ।
स्टार्कको सानदार बलिङमा भारत ११७ रनमा अलआउट











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
