आठौंका लागि ७० जिल्लामा छनोट सम्पन्न
मंगलबार, मंसिर २५, २०७५खेलपाटी संवाददाता

काठमाडौं। आगामी माघमा प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि ७० जिल्लामा छनोट खेल सम्पन्न भएको छ ।
आठौंका लागि ७७ मध्ये ७० जिल्लाको छनोट सम्पन्न भएको छ । सोलुखुम्बु, रामेछाप, ललितपुर, अछाम, गुल्मी, पाल्पा र बाग्लुङमा जिल्ला छनोट जारी रहेको आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार तेक्वान्दोको छनोट भने अधिकांश जिल्लामा बाँकी रहेको छ ।
आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल मध्ये २० खेलको जिल्ला छनोट हुनेछ । २० खेलमा बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला छनोट हुने छैन । यी ५ खेलको सीधै प्रदेश छनोट सञ्चालन गरिने छ ।
जिल्ला छनोटमा ३१ हजार ८ सय ४५ खेलाडीले सहभागिताका नाम दर्ता गरएका छन् ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


