राष्ट्रपति रनिङ सिल्ड सुरु
मंगलबार, २३ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
पहिलो दिन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र कबड्डीमा काठमाडौं महानगरपालिका, तार्केश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाले जित हात पारे ।
सोही स्पर्धाको छात्रामा काठमाडौं महानगरपालिका, तार्केश्वर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाले सफलता पाए । प्रतियोगिताको आयोजक समितिका अध्यक्ष गणेशलाल कक्षपतिले एक कार्यक्रमबीच उद्घाटन गरे ।
राष्ट्रपति रनिङ सिल्ड भोलिदेखि







%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)

-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)