बार्सिलोनाको जित
आइतबार, फागुन २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जित निकालेको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनाको जितमा राफिन्हाले निर्णायक गोल गरे ।
राफिन्हाले खेलको १५ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको ५५ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो।
त्यस्तै ५९ औं मिनेटमा रोनाल्ड अरुजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै बार्सिलोनाले २४ खेलमा ६२ अंक जोडेको छ ।
बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ ।
भ्यालेन्सिया २३ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
बार्सिलोनाको जित













%20(1)-1763645320295.jpeg&w=3840&q=75)
