एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो
शुक्रबार, मंसिर ६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी राष्ट्रिय लिग तथा सहिद स्मारक ‘ए’ डिभिजन लिगसम्बन्धी विषयमा छलफल गर्न ‘ए’ डिभिजनका क्लब र खेलाडी संघलाई पत्र पठाएको छ।
एन्फाका महासचिव किरण राईले शुक्रबार १४ क्लबका प्रतिनिधि र नेपाल खेलाडी संघलाई पत्र पठाएका हुन्। बैठक मंसिर ७ गते आइतबार बिहान ११:३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
एन्फाले आगामी गतिविधि, राष्ट्रिय लिगको आयोजना, लिग व्यवस्थापन, तयारी तथा अन्य योजनसम्बन्धी महत्त्वपूर्ण अजेन्डा राख्ने भएकाले क्लब अध्यक्ष/महासचिवलाई अनिवार्य रूपमा बैठकमा सहभागी हुन अनुरोध गरेको छ।
एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षतामा बस्ने उक्त बैठकले नेपाली फुटबलका आगामी महिनाका योजनाबद्ध कार्यक्रमहरू तय गर्ने अपेक्षा गरिएको छ।













%20(1)-1763645320295.jpeg&w=3840&q=75)
