युनाईटेडको पोस्टमा लिभरपुलको ७ गोल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि ७-० गोल अन्तरको जित निकालेको हो ।
लिभरपुलको जितमा कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २/२ गोल गरे ।
रोबर्टो फिर्मिन्होले एक गोल थपे ।
एनफिल्डमा ४३ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
४७ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुलको अग्रात २-० को बनाए ।
खेलको ५० औं मिनेटमा गाक्पोले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।
खेलको ६६ औं मिनेटमा सलाहले गोल गर्दा लिभरपुल ४-० ले अघि रह्यो ।
७५ औं मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ५-० को बनाए ।
खेलको ८३ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ६-० ले अघि रह्यो ।
यस गोलसँगै सलाह प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने लिभरपुलका खेलाडी बनेका छन् ।
उनले १ सय २९ गोल गर्दै रोब्बी फोव्लेरको कीर्तिमान भङ्ग गरेका हुन् ।
त्यसपछि खेलको ८८ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ७-० को जित दिलाए ।
जितसँगै लिभरपुलले २५ खेलमा ४२ अंक जोडेको छ ।
लिभरपुल पाँचौं स्थानमा उक्लिएको छ ।
युनाईटेड ४९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।













%20(1)-1763645320295.jpeg&w=3840&q=75)
