बायर्न शीर्ष स्थानमा
आइतबार, फागुन २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले स्टुटगार्डलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ३९ औं मिनेटमा माथिस डी लिग्टले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६२ औं मिनेटमा एरिक म्याक्सिम मोटीङले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा स्टुटगार्डका जुवान जोसे पेरेयाले गोल गरेपनि बायर्न २-१ ले विजयी भयो ।
जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ ।
बायर्नले २३ खेलमा ४९ अंक जोडेको छ ।
स्टुटगार्ड १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
बायर्न शीर्ष स्थानमा













%20(1)-1763645320295.jpeg&w=3840&q=75)
