चेल्सीको जितमा फोफानाको गोल
शनिबार, फागुन २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले लिड्स युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
चेल्सीको जितमा वेस्ली फोफानाले निर्णायक गोल गरे ।
फोफानाले खेलको ५३ औं मिनेटमा गोल गरे ।
यस जितसँगै चेल्सी २५ खेलमा ३४ अंक जोडेको छ ।
चेल्सी दशौँ स्थानमा रहेको छ ।
लिड्स २२ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
अर्को खेलमा उल्भ्सले टोटेनहमलाई १-० ले हराएको छ ।
ब्राइटनले वेस्ट ह्यामलाई ४-० ले हराएको छ ।
एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई १-० ले हराएको छ ।
चेल्सीको जितमा फोफानाको गोल













%20(1)-1763645320295.jpeg&w=3840&q=75)
