युरो प्यासन थ्री स्टारको किट पार्टनर

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब थ्री स्टार क्लबलाई खेल पोशाक कम्पनि युरो प्यासन यूएसएले प्रायोजन गरेको छ ।
युरो प्यासनले थ्री स्टारलाई किट पार्टनरको रुपमा एक वर्षको लागि प्रायोजन गरेको हो ।
सम्झौतासँगै थ्री स्टारले 'ए' डिभिजन लिगमा युरो प्यासनको खेल पोशाक लगाउने छ।
थ्री स्टार क्लब तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी प्रलय राजभण्डारी निर्देशक रहेको युरो प्यासनले आफ्नो पूर्व क्लबका लागि आवश्यक किट प्रायोजन गरेका हुन् ।
युरो प्यासन पाकिस्तानमा निर्मित अन्तराष्ट्रिय स्तरको स्पोर्ट्स ब्रान्ड हो । युरो प्यासनका सिईओ माजिद हुसैन र युरो प्यासन यूएसएका निर्देशक प्रलय राजभण्डारीले नेपालकै शीर्ष क्लबसँग सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए । आगामी दिनमा यो सहकार्यले अझ गति लिने र अन्य खेलकुद गतिविधीमा पनि संलग्न हुने आशा उनले व्यक्त गरे।
'ए' डिभिजन लिग शुक्रबारबाट सुरु भईसकेको छ । थ्री स्टारले शनिबार एपीएफसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


