सन्दकपुर गोल्डकप चैत्र २४ बाट

इलाम । सन्दकपुर गोल्डकपको तेश्रो संस्करण आगामी चैत्र २४ गतेबाट हुने भएको छ ।
देउराली स्पोर्टिङ क्लबको आयोजना प्रतियोगिता हुँदै आएको हो ।
सन्दकपुर गाउँपालिका संरक्षक रहेको प्रतियोगितामा इलाम, झापा, पाँचथर र ताप्लेजुङका टिमहरु सहभागी हुनेछन् । यसअघिका संस्करण झै यस वर्ष पनि ८ टोली सहभागी हुने सचिव माधव खनालले बताए ।
पर्यटन प्रर्वद्धनको उद्धेश्यले आयोजित प्रतियोगिताको विजेताले १ लाख ५१ हजार र उपविजेताले ८१ हजार रुपैया प्राप्त गर्नेछ ।
विधागत रुपमा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्तालाई नगद ४ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई २ हजार दिइने अध्यक्ष अइन्द्र राईले जानकारी दिए ।
प्रतियोगिताको फाइनल बैशाख १ गते हुनेछ ।
गत संस्करणको उपाधि जनता सेभेन सूर्योदय नगरपालिकाले जितेको थियो । जनता सेभेनले रेडहर्ष इलामलाई हराएको थियो ।













%20(1)-1763645320295.jpeg&w=3840&q=75)
