शुक्रबार, १५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'ए' डिभिजन लिग आजबाट

शुक्रबार, १९ फाल्गुण २०७९खेलपाटी संवाददाता
'ए' डिभिजन लिग आजबाट

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको आज  शुक्रबारबाट सुरु हुँदैछ ।

लिगको पहिलो खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।

यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ । लिगको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट हुने छ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

खुमलटार र फ्रेन्ड्स भिड्दै

खुमलटारले पहिलो पटक शीर्ष डिभिजन लिग खेल्न लागेको हो । खुमलटार 'बी' डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।  

शीर्ष डिभिजनको डेब्यु खेलमा खुमलटार सुखद सुरुआत गर्न चाहन्छ । जसका लागि खुमलटारले लामो समयबाट शीर्ष लिग खेल्दै आएको फ्रेन्ड्सलाई स्तब्ध बनाउने योजनामा छ ।

खुमलटार यस पटक उपाधि जित्ने योजनामै रहेको छ । खेलाडी अनुबन्धमा समेत खुमलटार निकै आक्रमक देखिएको थियो ।

खुमलटारका सिईओ विदुर श्रेष्ठले उपाधिका लागि चुनौती दिने दाबी गर्छन् ।

'हामीले विदेशी लगायत राम्रा खेलाडीलाई अनुबन्ध गरेका छौँ र हाम्रो तयारी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिने छौँ',प्रि-म्याचमा उनले भने ।

खुमलटारका कप्तान रेजिन सुब्बाले टोलीले राम्रो प्रदर्शन गर्नेमा आफु आशावादी भएको बताउँछन् ।

'हाम्रो युवा र अनुभवी खेलाडीहरूको संयोजनले राम्रो नतिजा दिनेछ', उनले भने।

फ्रेन्ड्स अघिल्लो सिजन मुश्किलले रेलिगेसनबाट जोडिएको थियो । यस पटक भने शीर्ष ६ मा पुग्ने लक्ष्य फ्रेन्ड्सले लिएको छ ।

फ्रेन्ड्सले अघिल्लो सिजनको तुलनामा घरेलु फुटबलमा नाम चलेका खेलाडीहरु अनुबन्ध समेत गरेको छ ।

फ्रेन्ड्सका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यस सिजन शीर्ष ६  पुग्ने टोलीको लक्ष्य रहेको बताए ।

'हामीले राम्रो प्रशिक्षण गरिरहेका छौँ र केही मैत्रीपूर्ण खेल खेलेका छौँ। हामीले मैत्रीपूर्ण खेलमा गरेका सबै गल्तीहरूलाई हटाउनेछौँ र उद्घाटन खेलमा जानेछौँ,' उर्जनले भने।

फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले पहिलो खेलको नतिजाले लिगका लागि आफ्नो लक्ष्य निर्धारण गर्ने बताए ।

'यो म्याराथन हो र हामी सुरुमा हतार गर्न चाहँदैनौं। हामीसँग सिनियर खेलाडीहरू लामो समयसम्म शीर्ष स्तरमा खेलिरहेका छन् र यसले हामीलाई फाइदा पुर्‍याउँछ,' उनले भने ।

Loading ad...
LiNing Ad
'ए' डिभिजन लिग आजबाट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

स्पेनबाट खेल्ने प्रस्ताव पाएका थिए मेसीले

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी