• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'ए' डिभिजन लिग आजबाट
खेलपाटी संवाददाता
शुक्रबार, फागुन १९, २०७९ खेलपाटी संवाददाता
'ए' डिभिजन लिग आजबाट
फाइल तस्बिर

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको आज  शुक्रबारबाट सुरु हुँदैछ ।

लिगको पहिलो खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।

यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ । लिगको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट हुने छ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

खुमलटार र फ्रेन्ड्स भिड्दै

खुमलटारले पहिलो पटक शीर्ष डिभिजन लिग खेल्न लागेको हो । खुमलटार 'बी' डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।  

शीर्ष डिभिजनको डेब्यु खेलमा खुमलटार सुखद सुरुआत गर्न चाहन्छ । जसका लागि खुमलटारले लामो समयबाट शीर्ष लिग खेल्दै आएको फ्रेन्ड्सलाई स्तब्ध बनाउने योजनामा छ ।

खुमलटार यस पटक उपाधि जित्ने योजनामै रहेको छ । खेलाडी अनुबन्धमा समेत खुमलटार निकै आक्रमक देखिएको थियो ।

खुमलटारका सिईओ विदुर श्रेष्ठले उपाधिका लागि चुनौती दिने दाबी गर्छन् ।

'हामीले विदेशी लगायत राम्रा खेलाडीलाई अनुबन्ध गरेका छौँ र हाम्रो तयारी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिने छौँ',प्रि-म्याचमा उनले भने ।

खुमलटारका कप्तान रेजिन सुब्बाले टोलीले राम्रो प्रदर्शन गर्नेमा आफु आशावादी भएको बताउँछन् ।

'हाम्रो युवा र अनुभवी खेलाडीहरूको संयोजनले राम्रो नतिजा दिनेछ', उनले भने।

फ्रेन्ड्स अघिल्लो सिजन मुश्किलले रेलिगेसनबाट जोडिएको थियो । यस पटक भने शीर्ष ६ मा पुग्ने लक्ष्य फ्रेन्ड्सले लिएको छ ।

फ्रेन्ड्सले अघिल्लो सिजनको तुलनामा घरेलु फुटबलमा नाम चलेका खेलाडीहरु अनुबन्ध समेत गरेको छ ।

फ्रेन्ड्सका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यस सिजन शीर्ष ६  पुग्ने टोलीको लक्ष्य रहेको बताए ।

'हामीले राम्रो प्रशिक्षण गरिरहेका छौँ र केही मैत्रीपूर्ण खेल खेलेका छौँ। हामीले मैत्रीपूर्ण खेलमा गरेका सबै गल्तीहरूलाई हटाउनेछौँ र उद्घाटन खेलमा जानेछौँ,' उर्जनले भने।

फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले पहिलो खेलको नतिजाले लिगका लागि आफ्नो लक्ष्य निर्धारण गर्ने बताए ।

'यो म्याराथन हो र हामी सुरुमा हतार गर्न चाहँदैनौं। हामीसँग सिनियर खेलाडीहरू लामो समयसम्म शीर्ष स्तरमा खेलिरहेका छन् र यसले हामीलाई फाइदा पुर्‍याउँछ,' उनले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
पीएसजीमा ‘डबल इन्जुरी’
पीएसजीमा ‘डबल इन्जुरी’
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
बंगलादेश र नेपालको बराबरी
बंगलादेश र नेपालको बराबरी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
पीएसजीमा ‘डबल इन्जुरी’
पीएसजीमा ‘डबल इन्जुरी’
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP