काठमाडौं । सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिज खेल्ने टोलीमा समावेश भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सन्दीप टिममा सामेल हुने भएको जनाएको छ ।
क्यानले मौषम (श्याम) ढकालको स्थानमा सन्दीपलाई टिममा राखिएको जनाएको छ ।
मौषमले अभ्यासको क्रममा काँधको चोट बोकेपछि सन्दीपलाई टिममा राखिएको जनाएको छ ।
सर्वोच्च अदालतले सोमबार सन्दीपलाई विदेश जान अनुमति दिएको थियो ।
सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले धरौटीमा छाड्ने आदेश सदर गर्दै सन्दीपलाई विदेश जान समेत अनुमति दिएको हो।
सिरिजको दोस्रो खेलमा नेपालले बिहिबार यूएईसँग खेल्दैछ ।