• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
बहुमत कार्यसमिति सदस्यद्धारा एन्फा बैठक बहिस्कार
खेलपाटी संवाददाता
बुधबार, फागुन १७, २०७९ खेलपाटी संवाददाता
बहुमत कार्यसमिति सदस्यद्धारा एन्फा बैठक बहिस्कार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत केन्द्रिय सदस्यले कार्यसमिति बैठक बहिष्कार गरेको छन् । 

नेतृत्वले पेलेरै कार्यसमिति बैठक सञ्चालन गर्न खोजेको आरोप लगाउँदै बहुमत कार्यसमिति सदस्यद्धारा बैठक बाहिस्कार गरेका हुन् । 

महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीलाई बर्खास्त गर्नुपर्ने माग सहित एजेण्डा थप्न निवेदन दिएका बहुमत कार्यसमिति सदस्यको माग सुनुवाई नभएपछि बुधबारको कार्यसमिति बैठकमा विवाद भएको थियो । 

एन्फाका तीन उपाध्यक्ष सहित ११ जना कार्यसमिति सदस्यले एजेण्डा थप्न माग गर्दै निवेदन दर्ता गराएका थिए । तर एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले बहुमत कार्यसमिति सदस्यको एजेण्डा कार्यसमिति बैठकमा थप्न मानेनन् । 

अध्यक्ष नेम्वाङले बहुमतका आधारमा बिहान बैठक सञ्चालन गरेर केही एजेण्डा पास गराएका थिए भने असन्तुष्ट कार्यसमितिका सदस्यले उपस्थित पुस्तिकामा हस्ताक्षर गरेका थिएनन् । बैठक सञ्चालनलाई लिएर कार्यसमितिका सदस्यबीच घम्सा घम्सीनै परेको थियो । बैठकमा सदस्य मनिष जोशी अनुपस्थित रहेका थिए । 

भोजराज शाहीले बैठक छाडेर निस्किएका थिए भने टिका लामाले निवेदन लेखेर उपस्थित पुस्तिकाबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको बताएका थिए । 

बैठकमा सहभागी उपाध्यक्षत्रय दिर्घबहादुर केसी (कुमार), विराटजंग शाही, दिपक खतिवडा र सदस्यहरु रुपेश अधिकारी, रविन्द्र चन्द, रमेश ब्यन्जनकार, भरत बुढथापा, पेमा डोल्मा लामा र महेन्द्र क्षेत्रीले बैठक बहिष्कार गरेका हुन् । 

बैठक छाडेर पत्रकार सम्मेलन गर्दै असन्तुष्ट समुहले एन्फा कार्यसमिति बैठकको बैधानिकता नरहेको बताएका थिए । उनीहरुले अल्पमतका आधारमा निर्णय गरेर अघि बढ्ने एन्फा नेतृत्वको कदमको विरोध गरेका थिए । 

तीन उपाध्यक्ष सहित ११ जना कार्यसमिति सदस्यले महासचिव, कोषाध्यक्ष बर्खास्ती सहित विश्वकप टिकट, एएफसीका विभिन्न समितिका लागि नाम सिफारिस, उमेर समुह र राष्ट्रिय टिमका सदस्यलाई घोषित पुरस्कार वितरण गर्ने, भक्तपुर र सिन्धुली जिल्ला फुटबल संघ र साधारण सभाबाट नियुक्त भएका न्यायीक निकायको सदाचार परिक्षण लगायतका विषय एजेण्डाको रुपमा बैठकमा राख्न माग गरेका थिए ।

तर एन्फा अध्यक्ष नेम्वाङले विधानको धारा ३९ (३) अनुरुप भन्दै कार्यसमितिका बहुमत सदस्यको प्रस्तावित एजेण्डा बैठकको कार्यसुचीमा थप गर्न नसक्ने बताएका थिए । 

बहुमत कार्यसमितिको माग सुनुवाई नगरेपछि एन्फा बैठकको सुरुआतमा कार्यसमिति सदस्यबीच घम्सा घम्सी परेको थियो । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP