काठमाडौं । घरेलु टोली यूएईलाई पपुवा न्यु गिनी(पीएनजी)ले सानदार रुपमा पराजित गरेको छ ।
यूएईमा जारी आईसीसी विश्वकप लिग टू सिरिज अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली पराजित भएको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय ३१ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
पीएनजीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर २ बलमा अलआउट हुँदै १ सय ३१ रन मात्र जोड्यो ।
यूएईका लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक २४ रन बनाउँदा वृत्य अरबिन्द र जाहोर खानले समान २३/२३ रन बनाए ।
आसिफ खानले २० तथा अलिशान सरफुले १४ रन बनाए ।
पीएनजीका लागि चाड सोपारले १० ओभरमा २५ रन खर्चिएर ५ विकेट लिए ।
राईली हिरुके,असद भाला,नर्मन भानुवा र सिमो कमियले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ६२ रन बनायो ।
पीएनजीका लागि सेसे बाउ र टोनी उराले अर्धशतकीय ईनिङ खेले । बाउले ७६ बलमा ७४ रन बनाउँदा उराले ४३ बलमा ५१ रन बनाए ।
किप्लिन डोरिगाले ४२ रन बनाउँदा गौडी टोकाले २८ रन बनाए । कप्तान असद भालाले २३ रन बनाउँदा चाड सोपार १४ रनमा आउट भए ।
२ सय ३४ रनमा ४ विकेट गुमाएको पीएनजीले बाँकी ६ विकेट गुमाउँदा २८ रन मात्र बनायो ।
यूएईका लागि कार्तिक मैयप्पनले १० ओभरमा ४९ रन खर्चिएर ४ विकेट लिए ।
आर्यान लाक्राले ३ तथा जाहोर खानले २ विकेट लिए । रोहन मुस्ताफको नाममा १ विकेट रह्यो ।
जितसँगै पीएनजीको ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक भएको छ । पीएनजी अंक तालिकाको पुछारमा रहेको छ ।
युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।