• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीएम कप विजेता महिला क्रिकेटरलाई एसपीएको सम्मान
खेलपाटी संवाददाता
सोमबार, फागुन १५, २०७९ खेलपाटी संवाददाता
पीएम कप विजेता महिला क्रिकेटरलाई एसपीएको सम्मान

धनगढी  । गत माघमा सुनसरीको इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमको टोलीले जित्दै इतिहास रचेको थियो । सुदूरपश्चिमको महिला टोलीले राष्ट्रिय प्रतियोगिताको उपाधि उचालेको यो नै पहिलोपल्ट थियो ।

यो त्यही पल थियो, जहाँबाट महिला क्रिकेटमा विभागीय टोली एपीएफ र प्रदेश १ को उपाधि यात्रामा ब्रेक लागेको थियो । त्यसअघिका सम्पूर्ण महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु एपीएफमा पोल्टामा जान्थे । एकाध प्रतियोगिता प्रदेश १ को पक्षमा थिए । हुन् पनि किन नाई यी दुबै टोलीमा राष्ट्रिय टोलीका खेलाडीहरु जो भरिएका थिए ।

यसप्रतियोगितामा भने यी दुबै टोलीलाई पन्छ्याउँदै सानदार प्रदर्शन गरेको थियो, सुदूरको टोलीले र त्यसका नायक थिए, कविता कुँवर र मनिषा चौधरी ।

कविताले एसपीएफविरुद्धको फाइनल खेलको अन्तिम ओभरमा जितका लागि आठ रन आवश्यक भएका बेला लगातार दुई छक्का प्रहार गर्दै सुदूरपश्चिमलाई उपाधि दिलाएकी थिइन् ।

कविताले उपाधिमात्रै जितिनन् । उनी प्रतियोगिताको सर्वोत्कृष्ट  खेलाडी र उत्कृष्ट ब्याटर पनि चुनिएकी थिइन । त्यसबाहेक भविष्य स्टार खेलाडीको उपमा पाउँदै उनले स्कुटर पनि जितिन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट बलरको उपाधि सुदूरपश्चिमकै मनिषा चौधरीले जितिन् । मध्य गतिकी बलर उनले गण्डकीविरुद्ध ४, बागमती, सेमिफाइनलमा मधेश र फाइनलमा प्रदेशएकविरुद्ध २–२ विकेट लिदै सुदूरलाई उपाधि दिलाएकी थिइन ।

यी दुबै खेलाडीसहित उपाधि विजेता टोलीका सदस्यहरु ईश्वरी विष्ट र रुवि पोदार धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजमा अध्ययनरत छन् । कलेजले रजत जयन्तीको उपलक्ष्यमा शुक्रबार उहाँहरुलाई नगद र सम्मानपत्र सहित सम्मानित गरेको छ । सबैलाई कलेजमा छात्रवृत्तिमा अध्ययन गर्छन ।

उनीहरूलाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, एसपीएका अध्यक्ष योगेन्द्रबहादुर शाही, प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित गरेका थिए ।

यी मध्ये कविता कुँवर राष्ट्रिय टोलीकी महत्वपूर्ण अलराउण्डर हुन भने बाँकी सबै खेलाडीले उमेर समूहमा देशको जर्सी लगाइसकिन् । महिला खेलाडीहरुलाई थप प्रोत्साहन मिलोस भन्ने उदेश्यले सम्मान गरिएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

‘हाम्रा कलेजमा अध्ययनरत चेलीहरुले आफ्नो भूमीको पहिचानका लागि गरेको कार्यले हामीलाई गौरम्वाम्वित बनाएको छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘एसपीएले खेल र खेलाडीलाई सदैव उच्च सम्मान गर्दै आएको छ । यसपल्ट चेलीहरुलाई प्रोत्साहित गर्न पाउँदा हामी अन्त्यन्तै गौरवाम्वित छौं ।’

सम्मान ग्रहणपछि कविता कुँवरले आफूले पढिरहेको कलेजबाट सम्मानित हुँदा गौरव महसुस भएको बताईन  ।

‘कलेजले हामीलाई सदैव साथ दिदैँ आएको छ । हरेक टुर्नामेन्ट अघि आर्थिक तथा भौतिक सहयोग पनि गरेको छ,’ कविताले भनिन्, ‘यसपल्ट रजत जयन्तीको विशेष समारोहमा हामीलाई सम्मान गर्दा एकदमै गौरवाम्वित भएका छौं । सम्पूर्ण खेलाडीका तर्फबाट क्याम्पस परिवारप्रति आभार व्यक्त गर्दछौं ।’

एसपीएले सधै परेको बेला सहयोग गरेकाले आफ्नो रोजाईमा यही कलेज परेको कविता बताउँछिन् ।

‘एसपीएले हामी खेलाडीलाई हरेक क्षेत्रमा राम्रो गरेको छ । हामीलाई अध्ययनसँगै खेल अघि बढाउन चाहिने सम्पूर्ण सानो तिनो कुरामा सहयोग गरेको छ,’ कविता भन्छिन्, ‘हामीलाई अवसर, खेल सामाग्री, अप्ठारो परेका बेला आर्थिक सहयोग गरेको छ । यस्तै छात्रवृत्ति समेत उपलब्ध गराएर हामीलाई अध्ययनअघि बढाउन सहयोग पुर्याएको छ ।’

उनीहरुसँगै एसपीएले मलेसियामा दुईवर्षअघि सम्पन्न पाँचौ गोजुरियो विश्व कराँते च्याम्पियनसीपमा नेपालका लागि रजत पदक जितेका कमल ओलीलाई पनि नगदसहित सम्मान गरेको थियो ।

एसपीएमा ८ जनामात्रै अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी अध्ययनरत छन् । उनीहरुलाई कलेजले छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाएको छ ।

एसपीएले खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको छ । धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउँने श्रेय एसपीएकै प्रवन्ध निर्देशक सुवास शाहीलाई जान्छ । शाहीकै अग्रसरतामा एसपीए कप, डीपीएल जस्ता फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको सुरुवात भएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महेशले लिए ८ बलमा ५ विकेट
महेशले लिए ८ बलमा ५ विकेट
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
नेपालसँग टी–२० सिरिज खेल्न खोज्दै बंगलादेश
नेपालसँग टी–२० सिरिज खेल्न खोज्दै बंगलादेश
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महेशले लिए ८ बलमा ५ विकेट
महेशले लिए ८ बलमा ५ विकेट
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
भारतले काफा नेसन्स कप खेल्ने
भारतले काफा नेसन्स कप खेल्ने
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP