काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत हङकङविरुद्धको ब्याटिङ गरिरहेको नेपालले राम्रो सुरुआत गरेको छ ।
हङकङविरुद्ध नेपालले १ सय २१ रनको लक्ष्य पछ्याईरहेको नेपालले ५ ओभरको समाप्तीमा २८ रन बनाउँदा कुनै विकेट गुमाएको छैन ।
नेपालका आकाश त्रिपाटी ८ तथा अर्जुन कुमाल १६ रन बनाएर क्रिजमा रहेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा अलआउट हुदै १ सय २० रन बनाएको थियो ।
हङकङका लागि पर्थ भागवात ३६ रनमा आउट हुँदा मोहम्मद जाहिरले २९ रन बनाए ।
अहान त्रिवेदीले ११ रन बनाउँदा हङकङका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले समान २/२ तथा दीपेश कंडेलले १ विकेट लिए ।
नेपाल लगातार तेस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो ।
हङकङ भने दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा कुवेतलाई पराजित गरेको हङकङ दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।
२०१६ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यका साथ यूएई पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहन्छ।