काठमाडौं । अलराउन्डर कुशल मल्लले पपुवा न्यु गिनीका कप्तान असद भालाको विकेट लिएका छन् ।
यूएईमा जारी आईसीसी विश्वकप लिग टू सिरिज अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा जारी खेलमा नेपाल र पपुपा न्युगिनीबीचको खेलमा उनले विकेट लिएका हुन् ।
मल्लले आफ्नो दोस्रो ओभरमा ३६ रनमा खेलिरहेका भालाको विकेट लिएका हुन् ।
नेपालको ३६ ओभरको अन्तिम बलमा मल्लले विकेट लिएका हुन् ।
पपुवा न्यु गिनीले अहिले ३७ ओभरमा ६ विकेट गुमाएर १ सय ३३ रन बनाएको छ ।
क्रिजमा चाड सोपार र राइली हिरुके रहेका छन् ।