काठमाडौं । तीव्र गतिका बलर प्रतिश जी.सीले आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू विकेट लिएका छन् ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर नेपाल पहिले बलिङ गरिरहेको छ ।
प्रतिशले आफ्नो ५ औं ओभरको तेस्रो बल तथा टिमको ३३ ओभर ३ बलमा विकेट लिएका हुन् ।
प्रतिशले १० रन बनाएर खेलिरहेका हिरि हिरिलाई आउट गरेका हुन् ।
पपुवा न्यु गिनीले ३४ ओभरमा ५ विकेट गुमाएर १ सय १९ रन बनाएको छ ।
क्रिजमा असद भाला र चाड सोपार रहेका छन् ।
प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी हुन् ।
पहिलो पटक राष्ट्रिय टिममा परेका प्रतिशले पहिलो खेलमा नै डेब्यु गरेका हुन् ।
तीव्र गतिका बलर प्रतिशले बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गरेका छन् ।