• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीएनजीविरुद्ध नेपाल : हेड टु हेड
खेलपाटी संवाददाता
आइतबार, फागुन १४, २०७९ खेलपाटी संवाददाता
पीएनजीविरुद्ध नेपाल : हेड टु हेड

काठमाडौं । यूएईमा सोमबारबाट सुरु हुने विश्वकप लिग टू को पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ । नेपाल र पीएजीबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुदैछ । 

नेपाल र पीएनजीले यस अघि धेरै पटक खेलेका छन् । नेपालले लिस्ट 'ए' खेलमा पटक पटक खेलेको पीएनजीसँग ६ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ४ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ । पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ । 

नेपाल र पीएनजीबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल ओमानमा भएको दुईदेशीय सिरिजमा भएको थियो । सेप्टेम्बर ७ २०२१ मा भएको यस खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । ओमानको अल अमिरित क्रिकेट मैदानमा भएको यस खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो । 

नेपालले सो खेलमा ओमानलाई ३३ ओभरमा १ सय ३४  रनमा अलआउट गरेको थियो । पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका थिए । विक्रम सोब र कुशल मल्लले समान २/२ विकेट लिएका थिए । पीएनजीका लिगा सियाकाले ३० तथा चाल्स अमिनीले २३ रन बनाएका थिए । १ सय ३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि हालका कप्तान रोहित कुमार पौडेलले ४१ तथा आसिफ शेखले ३० रन बनाए । 

आसिफले सोहि खेलबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यु गरेका थिए । सोमपाल कामीले अविजित २२ रन बनाउदै नेपाललाई जिताएका थिए । पीएनजीका लागि सो खेलमा गौडी डोकाले ३ विकेट लिएका थिए । 

पीएनजीविरुद्धको दोस्रो खेल नेपालले सोहि सिरिजमा खेलेको थियो । सो खेलमा नेपाल १ सय ५१ रनको फराकिलो अन्तरले विजयी भएको थियो । अल अमिरेत मैदानमा भएको सो खेलमा नेपालले रात्रीकालीन एकदिवसीय अन्तराष्ट्रिय खेलमा डेब्यु गरेको थियो । ऐतिहासिक खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले ४९.३ ओभरमा अलआउट हुदै २ सय ३३ रन बनाएको थियो । 

नेपालका लागि सो खेलमा हालका कप्तान रोहितकुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ८६ रन बनाएका थिए । तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल ४५ रनमा आउट हुँदा करण केसीले २६ बलमा ४२ रन बनाएका थिए । पीएनजीका लागि चाड सोपारले ३ तथा कबुअ मोरिया र नर्मन भानुवाले समान २/२ विकेट लिएका थिए । 

२ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.१ ओभरमा ८२ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानेले ५.१ ओभरमा ११ रन खर्चिएर ६ विकेट लिएका थिए । यो नै उनको एकदिवसीय अन्तराष्ट्रियमा सबैभन्दा राम्रो बलिङ हो । विक्रम सोब,सुसन भारी र सोमपाल कामीले समान १/१ विकेट लिएका थिए । 

नेपालले पीएनजीसँग तेस्रो खेल यूएईमा भएको विश्वकप लिग टू अन्तर्गतको नेपाल,यूएई तथा पीएनजीबीचको त्रिदेशीय सिरिजमा भएको थियो । १६ मार्च २०२२ मा भएको सो खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो । पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । सो खेलमा नेपालका लागि सोमपाल कामीले ३ तथा आरिफ शेखले १ विकेट लिएका थिए । पीएनजीका लागि चाल्र्स अमिनीले ५० तथा चाड सोपारले ३५ रन बनाएका थिए । 

२ सय ५ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि हालका कप्तान रोहितकुमार पौडेलले ६० तथा आरिफ शेखले ४९ रन बनाए । पीएनजीका लागि रिलि हिरुके र आलि नवोले समान २/२ विकेट लिए । 

उक्त सिरिजको क्रममा नै नेपालले पीएनजीसँग चौथो खेल खेलेको थियो । मार्च २२ २०२२ मा भएको सो खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको थियो । सो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो । पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २२ विकेट लिएका थिए । पीएनजीका लागि असद भालाले ४५ तथा चाड सोपारले २२ रन बनाएका थिए । 

१ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आसिफ शेखले अविजित ५९ रन बनाउँदा कुशल भुर्तेलले ५० रन बनाए । पीएनजीका लागि चाल्र्स अमिनिले २ तथा कबुअ मोरायाले १ विकेट लिए । 

नेपालले पीएनजीसँगको पाँचौ खेल नेपालमा नै खेलेका थियो । मार्च २५ २०२२ मा नेपाल र पीएनजीबीचको दुई खेलको एकदिवसीय सिरिज सुरु भएको थियो । मार्च २५ मा भएको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो । टस जितेर पहिले बलिङ गरेको नेपालले पीएनजीलाई ५० ओभरमा ८ विकेट लिएर २ सय ९२ रनमा आउट गरेको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र कमलसिंह ऐरीले समान २२ विकेट लिएका थिए । पीएनजीका लागि चाल्र्स अमिनीले ७७ तथा असद भालाले ६० रन बनाएका थिए ।

२ सय ९२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउँन सक्यो । नेपालका लागि रोहितकुमार पौडेलले पहिलो शतक बनाउने क्रममा १ सय २६ रन बनाए । उनले १ सय ७ बल खेलेका थिए । आरिफ शेखले ३४ रन बनाए । 

नेपालले पीएनजीविरुद्धको पछिल्लो तथा छैटौं खेल नेपाल सिरिजकै क्रममा खेलेको थियो । मार्च २६ २०२२ मा भएको खेलमा नेपाल पुनः पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाएका दीपेन्द्र सिंह ऐरीको १ सय ५ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । नेपालका लागि ऐरीले १ सय ४० बलमा १ सय ५ रन बनाएका थिए । पीएनजीका लागि आलि नवले ३ तथा नर्मन भानुवाले २ विकेट लिएका थिए । 

२ सय ७९ रनको लक्ष्य पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि सोमपाल कामीले ३ तथा पवन सर्राफले २ विकेट लिएका थिए । पीएनजीका लागि लिगा सियाकाले ९० तथा रिले हिरुकेले ४८ रन बनाएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
एथ्लेटिक्स संघको निर्वाचन रोक्न माग !
एथ्लेटिक्स संघको निर्वाचन रोक्न माग !
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते
चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP