आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालको वास्तविक परिक्षा सोमबारबाट

आइतबार, १४ फाल्गुण २०७९खेलपाटी संवाददाता
नेपालको वास्तविक परिक्षा सोमबारबाट
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राख्दै आगामी जुन जुलाईमा जिम्बाबेमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउने लक्ष्यका साथ विश्वकप लिग टूको अन्तिम अन्तराष्ट्रिय सिरिज भोली सोमबारबाट खेल्दैछ । 

गत साता मात्र स्कटल्यान्ड र नामिबियाविरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग टुको त्रिकोणात्मक सिरिजमा निकालेको शतप्रतिशत जितलाई कायम राख्ने चुनौती रहेको छ । विश्वकप लिग टूमा मात्र नभई नेपालको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको ईतिहासमा नै लगातार चार जित हात पारेर विश्वकप लिग टू मा शीर्ष तीनको सम्भावना कायमै राखेको नेपालले यूएईमा पनि सोही लय देखाउँला त ?

मुख्य प्रशिक्षकका रुपमा मोन्टी देशाईको आगमन पश्चात राष्ट्रिय क्रिकेट टिममा देखिएको माहोल लोभलाग्दो त छदैछ । उनको आगमनसँगै टिमले सकारात्मक नतिजा दिएकोलाई पनि अद्भुद मान्न सकिन्छ । उनको आगमन पश्चात जस्तो खेल पनि हामी जित्न सक्छौ भन्ने भावना खेलाडीमा पैदा हुनुलाई नै सकारात्मक मान्न सकिन्छ । 

नयाँ मुख्य प्रशिक्षकको नयाँ रणनीतिले काम गरेको हो । अथवा नेपाली खेलाडीमा आफ्नो घरेलु मैदानमा मात्र सकारात्मक नतिजा निकाल्ने पराम्परागत बानीले काम गरेको हो । यो यूएई भ्रमणमा प्रमाणित हुने विषय हो । 

विश्वकप छनोटमा सिधै स्थान बनाउँन बाँकी रहेका आठ मध्ये सात खेल अनिवार्य रुपमा जित्न आवश्यक रहेको छ । ७ खेलमा पनि यूएईसँग कम्तिमा ३ खेल जित्नै पर्ने हुन्छ । यूएईले पनि ८ खेल नै खेल्न बाँकी छ । उसले ६ खेल जितेमा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्नेछ । यसको लागि यूएईलाई उसकै घरमा हराउन नेपाल तयार हुनुपर्छ । 

यति भनि रहँदा पीएनजी विरुद्धको खल समेत नेपाललाई चुनौतीपूर्ण नै रहेको छ । गत वर्ष नेपाललाई नेपालमा नै दुई खेलमा पराजित गरेको पीएनजी पनि बलियो रहेको छ ।

नेपालका बाँकी खेल

चार खेल यूएईमा गएर खेल्ने नेपालले बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ । 

नेपाली टिम आज यूएई भ्रमणमा गएको नेपाली टोलीले त्यहाँ घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।

मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ । 

यूएई भ्रमणको केही समयमा नै नेपालले आफ्नो घरेलु मैदानमा नेपालले यूएई र पपुवा न्युगिनीलाई अन्तिम विश्वकप लिग टू खेलका लागि निमन्त्रणा दिने छ । 
 
टियु मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

Loading ad...
LiNing Ad
नेपालको वास्तविक परिक्षा सोमबारबाट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित