आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

यूएईको भुमिमा नेपालको ईतिहास 

आइतबार, १४ फाल्गुण २०७९खेलपाटी संवाददाता
यूएईको भुमिमा नेपालको ईतिहास 
Loading ad...
mustang rice ad

काठमाडौं । २०१९ देखि सुरु भएको आईसीसी विश्वकप लिग टूको अन्तिम विदेशी त्रिकोणात्मक सिरिजका रुपमा सोमबारबाट नेपालले यूएईमा सिरिज खेल्नेछ ।

नेपालले यूएई भ्रमणका क्रममा घरेलु टोली तथा पपुवा न्युगिनी(पीएनजी)सँग खेल्नेछ । सोमबार पीएनजीसँग खेलेर सिरिजको सुरुआत गर्ने नेपालले १८ गते बिहिबार घरेलु टोलीसँग खेल्नेछ । १९ गते शुक्रबार पीएनजीसँग खेल्ने नेपालले फागुन २२ गते सोमबारमा घरेलु टोलीसँग खेल्दै यूएई यात्रा समापन गर्नेछ । 

नेपालको यूएईमा प्रदर्शन औसत रहेको छ । नेपालले यूएईमा सात एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ४ खेल मात्र जितेको छ । नेपालले यूएईमा घरेलु राष्ट्रसँग ५ तथा पीएनजीसँग २ एकदिवसीय अन्तराष्ट्रिय खेलेको छ । पीएनजीसँग शतप्रतिशत नतिजा निकालेको नेपालले यूएईसँगको भने २ खेलमा मात्र जित निकालेको छ । 

यूएईको भूमीमा नेपालले पहिलो पटक नेपाल र युएईबीचको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा खेलेको थियो । २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म  भएको सिरिजमा नेपालले २ खेलमा जित हात पारेर सिरिज आफ्नो नाम गरेको थियो । 

यूएईमा भएको यस सिरिजको पहिलो खेलमा नै नैपालले यूएईमा आफ्नो पहिलो खेल खेलेको थियो । यस खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । सो खेलमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाएका थिए । बलिङ तर्फ नेपालका लागि करण केसी,सन्दीप लामिछाने र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।

यूएईको भुमीमा नेपालको दोस्रो खेल त्यहि सिरिजको दोस्रो खेलमा भएको थियो । सो खेलमा नेपालले यूएईलाई १ सय ४५ रनले हराएको थियो । यस खेलमा हालका कप्तान रोहित कुमार पौडेलले ५५ रन बनाएका थिए । बलिङ तर्फ सोमपाल कामीले ५ विकेट लिएका थिए ।

यूएईको मैदानमा नेपालको तेस्रो खेल सोहि सिरिजको तेस्रो तथा निर्णायक खेलमा भएको थियो । सो निर्णायक खेलमा नेपालले ४ विकेटको जित हात पार्दै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको थियो । त्यस खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए ।  बलिङमा करण केसी र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।

यसै सिरिजमा हात पारेको दुई जित नै नेपालले यूएईमा घरेलु टोलीविरुद्ध हात पारेको दुई जित हो । 

यूएईमा नेपालको चौथो खेल पीएनजीविरुद्ध भएको थियो । चौथो खेल यूएईमा भएको विश्वकप लिग टू अन्तर्गतको नेपाल,यूएई तथा पीएनजीबीचको त्रिकोणात्मक सिरिजमा भएको थियो । १६ मार्च २०२२ मा भएको सो खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो । पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । सो खेलमा नेपालका लागि सोमपाल कामीले ३ तथा आरिफ शेखले १ विकेट लिएका थिए । 

२ सय ५ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि हालका कप्तान रोहितकुमार पौडेलले ६० तथा आरिफ शेखले ४९ रन बनाए । 

नेपालको यूएईमा पाचौं खेल घरेलु टोलीविरुद्ध भएको थियो । यस खेल दुबईमा भएको विश्वकप लिग टू त्रिदेशीय सिरिजका क्रममा भएको थियो । यस सिरिजको पहिलो खेलमा नेपालले ४८ रनको हार व्यहोरेको थियो । मार्च १८ २०२२ मा भएको यस खेलमा नेपालका लागि हालका कप्तान रोहित पौडेलले ४६ रन बनाएका थिए । बलिङमा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिएका थिए ।

उक्त त्रिकोणात्मक सिरिजको क्रममा नै नेपालले युएईमा छैटौं खेल खेलेको थियो । मार्च २२ २०२२ मा भएको सो खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको थियो । सो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो । पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए । 

१ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आसिफ शेखले अविजित ५९ रन बनाउँदा कुशल भुर्तेलले ५० रन बनाए । 

यूएईको भुमिमा नेपालको पछिल्लो तथा सातौं खेल घरेलु टोली विरुद्ध भएको थियो । आईसीसी विश्वकप लिग टू को त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र युएईबीचको  खेल भएको थियो । जुन खेलमा नेपाल ९९ रनले पराजित भएको थियो । त्यस खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए । बलिङ तर्फ तत्कालिन कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । 

Loading ad...
LiNing Ad
यूएईको भुमिमा नेपालको ईतिहास

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित