यूएईको मध्यम सुरुआत
शनिबार, १३ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टू को नामिबियाविरुद्धको खेलमा यूएईले मध्यम सुरुआत गरेको छ ।
दुबई क्रिकेट स्टेडियममा भएको टसमा नामिबियाले टस हारेर ब्याटिङ रोजेको यूएईले ११ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको छ ।
यूएईका ओपनर मुहम्मद वासिम ३ रनमा आउट भएका थिए ।
क्रिजमा अहिले वृत्य अरबिन्द र कप्तान सीपी रिजवान रहेका छन् ।
यो खेल नेपालका लागि पनि महत्वपूर्ण रहेको छ ।
बेन सिन्कान्गोले १ विकेट लिए । नामिबियाको लिग टू सिरिजमा यो अन्तिम खेल हो ।
नामिबिया ३५ खेलमा १८ मा जित र १६ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
यूएई २७ खेलमा १३ मा जित र ११ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।
यूएईको मध्यम सुरुआत








-1766479491057.jpeg&w=3840&q=75)





-1766593825391.webp&w=3840&q=75)
