नेपालको विजयी सुरुआत

काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
ईडन ग्राडेन ओभल अजमानमा नेपालले दिएको २ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।
सिंगापुरका लागि आर्यन मोदीले ५८ रनको अर्धशतकीय इनिङ खेले । सिधान्त श्रीकान्तले ४४ रन जोड्दा अर्जुन नागपल र अभुद्य चाजेरले १४/१४ रन जोडे ।
नेपालका हेमन्त धामी र सुबाश भण्डारीले २/२ विकेट लिए । विशाल बिक्रम केसीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको हो ।
नेपालका लागि आकाश त्रिपाटीले ७८ रनको अर्धशतकीय ईनिङ खेले । पहिलो पटक यू१९ राष्ट्रिय टोलीमा स्थान बनाएका उनले १ सय बलमा ७ चौका र १ छक्काको सहयोगमा ७८ रन बनाएका हुन् ।
त्रिपाटीले दोस्रो विकेटका लागि अर्जुन कुमालसँग मिलेर ९३ रनको साझेदारी गरेका त्रिपाटीले तेस्रो विकेटका लागि कप्तान देव खनालसँग ३७ रनको साझेदारी गरे ।
विशाल विक्रम केसीले ५४ बलमा अविजित ६३ रनको अर्धशतकीय ईनिङ खेले । केसीले ४ चौका र २ छक्का प्रहार गरेका थिए । ओपनर अर्जुन कुमाल ३७ रनमा आउट हुँदा अर्का ओपनर दिपक बोहोरा ५ रन बनाएर आउट भएका थिए ।
कप्तान देव खनाल २१ रनमा आउट हुँदा दिपक बोहोराले १७ रन बनाए । सुवास भण्डारीले अविजित १२ रन बनाउँदा दिपक डुम्रेले १० रन बनाए । मिलन बोहोराले ४ रन बनाउँदा सिगांपुरले १४ रन अतिरिक्तमा दिएको थियो ।
सिंगापुरका लागि आर्यभार चौधरी र अभ्युदय छन्जिरले समान २/२ विकेट लिए ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
दोस्रो खेलमा शनिबार कुवेतसँग खेल्ने नेपालले हङकङविरुद्ध सोमबार तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा मंगलबार मलेसियाको सामना गर्ने नेपालले बिहीबार घरेलु टोलीसँग खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुने छन् ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)