नेपालको राम्रो सुरुआत

काठमाडौं । यूएईमा आज शुक्रबारबाट सुरु भएको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले सिंगापुरविरुद्ध नेपालले राम्रो बलिङ सुरुआत गरेको छ ।
सिंगापुर जितका लागि २ सय ६२ रनको लक्ष्य पछ्याईरहेको छ । सिंगापुरले पहिलो पावर प्ले(१० ओभर)को समाप्तीमा १ विकेट गुमाएर १७ रन बनाएको छ ।
सिंगापुरका ओपनर रहिल खान हेमन्त धामीको बलमा शुन्य रनमा आउट भएका थिए । क्रिजमा अहिले अर्जुन नागपाल र अभ्युदय छन्जिर रहेका छन् ।
ईडन ग्राडेन ओभल अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो ।
प्रतियोगितामा नेपालसहित सिंगापुर,कुबेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ ।
दोस्रो खेलमा १३ गते शनिबार कुबेतसॅंग खेल्ने नेपालले हङकङविरुद्ध १५ गते सोमबार तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा १६ गते मंगलबार मलेसियाको सामना गर्ने नेपालले १८ गते बिहिबार घरेलु टोलीसॅंग खेल्नेछ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)