बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्कटल्याण्डको राम्रो सुरुआत

मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता
स्कटल्याण्डको राम्रो सुरुआत
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको स्कटल्याण्डले राम्रो सुरुआत गरेको छ । पहिलो पावर प्ले (१० ओभर)को अन्त्यसम्म १ विकेट गुमाएर ६० रन बनाएको छ । 

स्कटल्याण्डका क्रिटोफर म्याकब्रिड २ र आज जन्मदिन मनाई रहेका जर्ज मुन्शे ३५ रन बनाएर क्रिजमा रहेका छन् ।

पुर्व कप्तान कायल कोट्जर २२ रन बनाएर आउट भएका थिए । उनलाई सन्दीप लामिछानेले ७.५ ओभरमा आउट गराएका थिए । 

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको हो ।

गुल्सन झाको स्थानमा ललितनारायण राजवंशीले स्थान बनाएका छन् । 

सिरिजमा नेपाल लगातार चौंथो जितको खोजीमा रहेको छ । सिरिजको अघिल्ला तीनै खेल नेपालले जितेको थियो ।

शुक्रबारको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो ।

विश्वकप लिग टूको विजेता बनिसकेको स्कटल्याण्ड पनि नेपाललाई हराएर लिग टू को सुखद अन्त्य गर्न चाहन्छ ।

२०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डको यो अन्तिम खेल हो । तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालसँगको खेलपछि ट्रफि पाउने छ ।

मंगलबार स्कटल्याण्डलाई पराजित गर्न सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ । यस्तै विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि नेपाल बन्नेछ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ ।

शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।

स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ ।

नेपालको प्लेईङ-११

आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),सन्दीप जोरा,कुशल मल्ल,करण केसी,सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी

Loading ad...
LiNing Ad
स्कटल्याण्डको राम्रो सुरुआत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन