बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. ठूलो कीर्तिमानको नजिक नेपाली टोली 

ठूलो कीर्तिमानको नजिक नेपाली टोली 

२०२३ फेब्रुअरी २०, सोमबारखेलपाटी संवाददाता

ठूलो कीर्तिमानको नजिक नेपाली टोली 

काठमाडौं । नेपालले घरेलु मैदानमा जारी रहेको आईसीसी विश्वकप लिग टू को खेलमा भोली मंगलबार स्कटल्याण्डको सामना गर्ने छ । 

२०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डले मंगलबार आफ्नो अन्तिम खेल खेल्दैछ । तीन खेल बाकीँ रहदै लिग टू को च्याम्पियन बनेको स्कटल्याण्डले मंगलबारको नेपालको खेल पछि नै लिग टू ट्रफि पाउने छ ।

शुक्रबारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहान्छ । यदी सो खेल जितेमा नेपालले नयाँ कीर्तिमान बनाउने छ । नेपाल २०१९ देखि सुरु आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु भुमीमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्नेछ । 

मंगलबारको खेलमा स्कटल्याण्डलाई पराजित गर्न सकेमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमा पहिलो पटक लगातार चार खेल जित्नेछ । मंगलबारको खेल जितेमा विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि नेपाल बन्नेछ । 

लिग टूमा रहेको समिकरण

स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्डले गत बुधबार नामिबियासँगको जितसँगै ३ खेल अगाबै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्कटल्याण्डले स्थान पक्का गरिसकेको छ । 

यस्तै ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले नामिबियालाई लगातार दुई खेलमा पराजित गरेसँगै विश्वकप लिग टू को शीर्ष ३ मा स्थान सुरक्षित गरिसकेको छ । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत ओमानले स्थान पक्का गरिसकेको छ । 

नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । बाँकी रहेका ३ खेलको प्रदर्शन र अन्य टोलीको नतिजामा उसको आगामी यात्राको तय हुनेछ । 

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । सिधा विश्वकप छनोट खेल्ने सम्भावना समाप्त भईसकेको अमेरिका नामिबियामा आयोजना हुने विश्वकप छनोट प्लेअफको तयारीमा रहेको छ । 

यूएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ । बाँकी १० खेलमा प्रदर्शन र अन्य टोलीको नतिजाको आधारमा यूएईको आगामी यात्राको तय हुनेछ । 

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेल तथा अन्य टोलीको नतिजाको आधार नेपालको यात्रा तय हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ । 

पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीनमा पर्ने सम्भावना गुमाईसकेको पपुवा न्युगिनी विश्वकप छनोटको प्लेअफको तयारीमा रहेको छ ।  

नेपालको बाँकी खेल

२०१९ देखि सुरु विश्वकप लिग टू खेलमा नेपालले ९ खेल खेल्न बाकीँ रहेको छ । चार खेल यूएईमा गएर खेल्ने नेपालले बाकीँ पाँच खेल घरेलु मैदानमा खेल्नेछ । 

नेपालले अब घरेलु मैदानमा मंगलबार स्कटल्यान्डसँग यो सिरिजको अन्तिम खेल खेल्नेछ ।  

त्यस लगत्तै यूएई भ्रमणमा जाने नेपाली टोलीले त्यहाँ घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।

मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ । 

यूएई भ्रमणको केही समयमा नै नेपालले आफ्नो घरेलु मैदानमा नेपालले यूएई र पपुवा न्युगिनीलाई अन्तिम विश्वकप लिग टू खेलका लागि निमन्त्रणा दिने छ । 
 
टियु मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

ठूलो कीर्तिमानको नजिक नेपाली टोली
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

Bhat Bhateni
नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना