बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. स्कटल्याण्डद्वारा नामिबिया पराजित 

स्कटल्याण्डद्वारा नामिबिया पराजित 

२०२३ फेब्रुअरी २०, सोमबारखेलपाटी संवाददाता

स्कटल्याण्डद्वारा नामिबिया पराजित 

काठमाडौं । आईसीसी विश्वकप लिग टूको नेपाल सिरिजको खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ । 

टियु मैदानमा भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो । 

स्कटल्याण्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अलआउट भयो । 

नामिबियाका लागि लोहार्ड लोहारेन्सले ६७ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ग्रेहार्ड इरास्मसले ३८ बलमा ४३ तथा जेन ग्रिनले ४० बलमा २५ रन बनाए । 

रुबेन ट्रम्पलम्यान र शन फुचेले समान १०/१० रन बनाए । स्कटल्याण्डले रन अतिरिक्त स्वरुप दिएको थियो । 

स्कटल्याण्डका लागि मार्क वाटले ४ तथा माईकल लिस्कले ३ विकेट लिए । ब्राण्डन म्याकमुलानले २ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुदै २ सय २१ रन बनाएको हो । 

स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ७५ बलमा ४७ रन बनाए । टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए । 

माईकल लिस्कले २९ रन बनाउँदा आजको खेलमा नै डेब्यु गरेका लियम नायलोर २० रन बनाएर आउट भए । म्याथ्यु क्रसले १६ रन बनाए । 

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ९.४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिए । 

नामिबिया नेपाल सिरिज चार खेलमा चार हारका साथ समाप्त गरेको छ । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग,दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा घरेलु टोलीसँग नै पराजित भएको थियो । 

स्कटल्याण्डको भने नेपाल सिरिजमा यो तेस्रो खेलमा दोस्रो जित हो । 

सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ ।

स्कटल्याण्डले गत बुधबार नामिबियासँगको जितसँगै ३ खेल अगाबै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो ।

नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । 

स्कटल्याण्डद्वारा नामिबिया पराजित
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

Bhat Bhateni
नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना