• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भलाद्मी आसिफ चर्चामा
खेलपाटी संवाददाता
सोमबार, फागुन ८, २०७९ खेलपाटी संवाददाता
भलाद्मी आसिफ चर्चामा

काठमाडौं । क्रिकेट त्यसै त भलाद्मीको खेल हो । गत वर्ष यस्तै भलाद्मीपन देखाएका कारण राष्ट्रिय टोलीका क्रिकेटर मोहम्मद आसिफले खुबै चर्चा बटुले ।

चर्चाको प्रमुख दुई कारण छन् । पहिलो उनले गत वर्ष खेल भावना देखाउँदै गरेको उदारता र अर्को त्यसका लागि आसिफलाई विश्व क्रिकेटको सर्वोच्च संस्थाले प्रदान गरेको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ ।

नेपाली खेलाडीले पहिलो पटक आईसीसीको वार्षिकी अवार्ड पाएको हो। आईसीसीले वर्ष २०२२ मा गरेको प्रदर्शन आधार मानेर विभिन्न १३ विधामा पुरस्कृत गर्दा आसिफलाई खेलभावनाको कदर गरेको भन्दै उक्त अवार्ड प्रदान गरेको  हो ।

आइसीसीको अवार्ड पाउने पहिलो नेपाली क्रिकेट खेलाडी बनेपछि उनले यो अवार्ड पाउँछु भनेर आस नगरेको बताए। अनि विशाल हदय बोकेका उनले भने, 'नेपाली क्रिकेटले यो अवार्ड पाएजस्तो लागेको छ।'

अहिले उनी अर्को अवार्ड नजिक छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८ मा उनी पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन् । उनीसँगै भलिबलकी उषा भण्डारी, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र टेनिसकी अभिलाषा विष्टबीच को वढी चर्चित हुने होडबाजीमा छन् । यसको आफ्नै छनोट प्रणाली छ । यसमा खेल पत्रकार र राष्ट्रिय खेलका प्रशिक्षकले २५–२५ प्रतिशत मत राख्ने छन् भने भोटिङबाट आएको ५० प्रतिशत मतबाट विजेता घोषणा गरिने छ । फागुन २३ मा पल्सर स्पोर्टस अवार्डको दिन विजेता घोषणा गरिनेछ । 

ओमानको मस्कटमा चार राष्ट्रसम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल आयरल्यान्डविरुद्ध खेल्दै थियो । आयरल्यान्ड १८ ओभरमा ११३–८ को दयनीय अवस्थामा थियो । आयरल्यान्डमाथि तोकिएको ओभरभित्र विजय हात पारे नेपालले प्रतियोगिता जित्ने थियो । आयरल्यान्ड छिटो रन बटुल्न आतुर थियो ।

१९ औं ओभरको तेस्रो बलमा मार्क एडेयरले प्रहार गरेको बल लेगसाइडमा गएको थियो । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरी फलो थ्रु बाट केही अगाडि गएर बल नियन्त्रण गर्नेक्रममा नन स्ट्राइकबाट दौडिरहेका एन्डी म्याकब्रिनसँग ठोक्किन पुगे । लड्न पुगेका म्याकब्रिन उठेर स्ट्राइक एन्डमा जाँदा ढिला भइसकेको थियो । कमलसिंहले बल नियन्त्रणमा लिएर विकेटकिपर आसिफलाई फयाके। तर विपक्षी खेलाडीलाई सजिलै रन आउट गर्न सक्ने भएपनि आसिफले रनआउट गरेनन् । उनले म्याकब्रिन ठोक्किएर लड्न पुगेको भन्दै रनआउट गरेका थिएनन् । उक्त घटनापछि आसिफ र म्याकब्रिनले हात मिलाउँदै खेल चालु गरेका थिए ।

अपर्झट आएको यस्तो क्षणमा के गर्ने भन्ने आसिफको पूर्वतयारी केही थिएनन्। स्टम्प नजिकै फिल्डिङ गरेका केही खेलाडीले रनआउट नगर भनेको उनले सुने । तर त्यसै पनि उनी रनआउट गर्ने पक्षमा थिएनन् । उनलाई स्कुलका प्रशिक्षक जहोर अन्सारीदेखि तत्कालीन प्रशिक्षक पुबुदु दासानायके सबैले यस्तै खेल भावना सिकाएका थिए । त्यसैले आफूले चिट गर्ने, विवाद गर्ने जस्ता भावना उनलाई कहिल्यै आएन भने स्वभावले पनि दिएन । आफू जस्तो छ्, त्यस्तै भलाद्मीपन आसिफले मैदानमा देखाए ।

सो खेलमा आयरल्यान्डले निर्धारित २० ओभरमा १ सय २७ रन बनाएको थियो । र १ सय ११ रनमा अलआउट भएको नेपाल १६ रनले गुमाएको थियो ।

खेल गुमाएपनि खेल भावनामा नेपाल जित्यो। आसिफ शेखले पनि जिते। विश्व क्रिकेटमा नेपालको, नेपाली खेलाडीहरुले वाहावाही पाए। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
भारतलाई चोटको समस्या
भारतलाई चोटको समस्या
एसिया कप : भारतको निर्णय कुर्दै एसीसी
एसिया कप : भारतको निर्णय कुर्दै एसीसी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टेनिस नेतृत्वमा मुल निर्विरोध
टेनिस नेतृत्वमा मुल निर्विरोध
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एसियाली पारा तेक्वान्दोमा ५ खेलाडीले चुनौती प्रस्तुत गर्ने
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP