कुशलको अर्धशतक पूरा
शनिबार, ०६ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।
कुशलले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।
कुशलको यो लगातार दोस्रो अर्धशतक हो । शुक्रबार स्कटल्याण्डविरुद्धको खेलमा समेत उनले अर्धशतक प्रहार गरेका थिए ।
एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो तेस्रो अर्धशतक हो ।
यो सँगै नेपालले ४१.४ ओभरमा ३ विकेट गुमाएर २ सय ४९ रन बनाएको छ ।
क्रिजमा कप्तान रोहित पौडेल र कुशल मल्ल रहेका छन् ।
कुशलको अर्धशतक पूरा







-1766479491057.jpeg&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)





-1766541370309.webp&w=3840&q=75)
