मल्ल र शेखले गरे कीर्तिमानी साझेदारी
शनिबार, ०६ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालको लागि पुर्व कप्तान ज्ञानेन्द्र मल्ल तथा ओपनर आसिफ शेखले नेपालको एकदिवसीय अन्तराष्ट्रियको नै सबैभन्दा ठूलो साझेदारी गरेका छन् ।
उनीहरुका बीचमा दोस्रो विकेटका लागि १ सय ३९ रनको कीर्तिमानी साझेदारी भएको हो ।
यस अघि गत मंगलबार नै नामिबियाविरुद्धको खेलमा कुशल भुर्तेल र रोहित कुमार पौडेलकाबीचमा तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी भएको थियो ।
ज्ञानेन्द्र मल्ल ६५ रनमा आउट भएसँगै सो साझेदारी तोडिएको थियो ।
मल्ल र शेखले गरे कीर्तिमानी साझेदारी







-1766479491057.jpeg&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)





-1766541370309.webp&w=3840&q=75)
