ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक पूरा
शनिबार, ०६ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् । ज्ञानेन्द्रले ६४ बलमा अर्धशतक पूरा गरेका हुन् ।
ज्ञानेन्द्रको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । मल्ल यस अर्धशतकसँगै नेपालका लागि सर्वाधिक धेरै अर्धशतक बनाउने क्रिकेटर बनेका छन् ।
नेपालले अहिलेसम्म २२.५ ओभरमा १ विकेट गुमाए १ सय १८ रन बनाएको छ ।
क्रिजमा ज्ञानेन्द्र मलल र आसिफ शेख रहेका छन् । शेखले ५३ रन बनाउँदा मल्ल ५२ रनमा अविजित रहेका छन् ।
ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक पूरा





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



