काठमाडौं । नेपालका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका हुन् ।
आसिफको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो ।
नेपालले अहिलेसम्म २१ ओभरमा १ विकेट गुमाए १ सय ८ रन बनाएको छ ।
क्रिजमा ज्ञानेन्द्र मलल र आसिफ शेख रहेका छन् । शेखले ५१ रन बनाउँदा मल्ल ४७ रनमा अविजित रहेका छन् ।
पालका लागि ओपनर कुशल भुर्तेल १ रन बनाएर रुवेन ट्रम्पेलम्यानको बलमा आउट भएका थिए । क्रिजमा अहिले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेख रहेका छन् ।
मल्ल १४ रन तथा शेखले २६ रन बनाएका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो ।
उसका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए ।
पीकीं या फ्रान्सले ४९ रन बनाए ।
लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए ।
नामिबियाले अन्तिम ५ ओभरमा ८४ रन बनाएको थियो ।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यसका साथै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् ।
करण केसीले १ विकेट लिए ।
मंगलबार भएको खेलमा नेपालले नामिबियालाई पराजित गरेको थियो ।
नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।
नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो ।
सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।