काठमाडौं । चितवनमा फागुन ११ गतेबाट हुने इष्टर्न क्रिकेट एकेडेमी (इसीए) लिग टी–२० क्रिकेट प्रतियोगितामा क्यानाडाको नेप्लीज क्यानडियन क्रिकेट क्लब(एनसीसी) ले सहभागिता जनाउने भएको छ।
प्रतियोगितामा एनसीसीका कप्तानी गौतम केसीले गर्ने छन् । टिममा विज्ञान पाण्डे, रविन्द्र तिमल्सिना, नबीन यादव, लक्की सापकोटा, सिरिश राखल, पारस घिमिरे, कृष्ण श्रेष्ठ, दीपेश कुमार क्षेत्री , प्रशन्न बर्तौला, बिदुर पौडेल, संस्कार देवकोटा रहेका छन्।
इष्टर्न क्रिकेट एकेडेमी (इसीए) ले फागनु ११ गतेदेखि २२ गतेसम्म खैरहनी नगरपालिका ५ को गौचरन मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा बिएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लीज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी कुल ६ टोलीको सहभागीता रहेन आयोजकले जनाइको छ । प्रत्येक टोलीले २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु आफ्नो टिममा समावेश गर्न सक्नेछन् ।
सिंगल राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताको विजेतालाई नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्लेयर अफ द सिरिजलाई नगद १० हजार, बेष्ट बलर र वेष्ट ब्याट्सम्यानलाई जनही ५/५ हजार र इमर्जिङ प्लेयरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने छ ।