काठमाडौं । नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका छन् ।
नामिबियाको दुई विकेट लामिछानेले नै लिएका हुन् । लामिछानेले १४.३ तथा १६.५ ओभरमा विकेट लिएका हुन् ।
सन्दीपले नामिबियाका दुई ओपनरलाई नै आउट गरेका हुन् ।
लामिछानेले कार्ल ब्रिकस्टक र लोहार्डि लोहारेन्स रहेका छन् । कार्लले २० रन तथा लोहार्डिले ४१ रन बनाएर आउट भएका हुन् ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ । र , नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ । नामिबियाले सुरुआतमा ब्याटिङ गर्नेछ ।
नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।
नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो ।
सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपालको प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),सन्दीप जोरा,गुल्सन झा,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने