काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको कोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ । र , नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ । नामिबियाले सुरुआतमा ब्याटिङ गर्नेछ ।
नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।
नामिबिया भने तेस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा घरेलु टोलीसँग पराजित नामिबियाले स्कटल्याण्डसँग दोस्रो खेल हारेको थियो ।
सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३२ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
नेपालको प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),सन्दीप जोरा,गुल्सन झा,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने