बाभुमा दक्षिण अफ्रीकाको टेस्ट कप्तान
शुक्रबार, ०५ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । टेम्बा बाभुमालाई दक्षिण अफ्रीकाले टेस्ट क्रिकेट टिमको कप्तान नियुक्त गरेको छ।
दक्षिण अफ्रीका क्रिकेटले शुक्रबार बाभुमालाई टेस्ट टिमको कप्तान नियुक्त गरिएको जनाएको छ ।
ब्याट्सम्यान बाभुमाले डीन एल्गरको स्थान लिएका हुन् ।
बाभुमाको कप्तानीमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजविरुद्ध दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।
विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको पहिलो टेस्ट फेब्रुअरी २८ बाट सुरु हुनेछ ।
बाभुमा एकदिवसीय टिमको कप्तान समेत हुन् ।
बाभुमा दक्षिण अफ्रीकाको टेस्ट कप्तान







-1766479491057.jpeg&w=3840&q=75)





-1766541370309.webp&w=3840&q=75)

