काठमाडौं । १६ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।
बोर्ड अफ कन्ट्रोल फर ईण्डिया(बीसीसीआई) ले शुक्रबार नयाँ संस्करणको तालिका सार्वजनिक गरेको हो ।
१६ औं संस्करणको आईपीएल मार्च ३१ बाट सुरु हुनेछ । मे २८ मा आईपीएलको फाईनल खेल आयोजना हुनेछ ।
खेल तालिका अनुसार उद्घाटनको दिन गुजरात जायन्ट्सले आफ्नो घरेलु मैदानमा चेन्नाई सुपर किंग्ससँग खेल्ने छ ।
फाईनल र प्लेअफका खेल्ने मैदान र मिती भने पछि सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ ।
लिगमा कुल १० टोलीको सहभागीता रहेको छ । लिग १२ वटा खेल मैदानमा ५२ दिनसम्म संचालन हुनेछ ।
खेल तालिका