काठमाडौं । नेपालका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेसँग स्कटल्याण्डका खेलाडीले हात मिलाउन अस्वीकार गरेका छन् ।
टियु क्रिकेट मैदानमा शुक्रबार नेपाल र स्कटल्याण्डको खेलपछि स्कटिस खेलाडीले सन्दीपसँग हात मिलाउन अस्विकार गरेका हुन् ।
आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो ।
खेल सकिएपछि दुबै टोलीका खेलाडीले हात मिलाएका थिए । तर, स्कटल्याण्डका खेलाडीले सन्दीपसँग भने मिलाएनन् ।
सन्दीपविरुद्ध नाबालिग बलात्कारको आरोप लागेको छ ।
अदालतबाट धरौटीमा छुटेपछि क्यानले सन्दीपलाई टिममा राखेको थियो ।