काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी प्लेयर अफ द म्याच बनेका छन् ।
टियु क्रिकेट मैदानमा शुक्रबार लिग टू को विजेता बनिसकेको स्कटल्याण्डलाई ३ विकेटले हराउँदा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र प्लेयर अफ द म्याच बनेका हुन् ।
दीपेन्द्रले स्कटल्याण्डविरुद्ध अविजित रहदै ८५ रनको अर्धशतकीय इनिङ खेले ।
दीपेन्द्रको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । उनले एक शतक समेत प्रहार गरेका छन् ।
विश्वकप लिग टूमा भने दीपेन्द्रको पहिलो अर्धशतक हो ।
दीपेन्द्रले एक विकेट समेत लिए ।