लिग टूमा दिपेन्द्रको पहिलो अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।
दिपेन्द्रले ७० बलमा ५ चौका र १ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।
यो सँगै नेपालले ३०.५ ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको छ ।
नेपालका कुशल भुर्तेल १६ रन र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।
कुशल मल्ल ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाएर आउट भए ।
छैटौं विकेटका लागि कुशलले दिपेन्द्रसँग मिलेर १ सय रनको साझेदारी गरे ।
क्रिजमा अहिले गुल्सन झा र दिपेन्द्र सिंह ऐरी रहेका छन् । झा ३ रनमा अविजित रहँदा ऐरी ५० रनमा अविजित रहेका छन्।
दिपेन्द्रको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो । उनले एक शतक समेत प्रहार गरेका छन् ।
विश्वकप लिग टूमा यो दिपेन्द्रको पहिलो अर्धशतक हो ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो ।
स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १ सय ७ रनको शतकीय ईनिङ खेले । उनले ३ चौका तथा ९ छक्का प्रहार गरे ।
उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए । एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो ।

नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए ।
ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए । कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए ।
१ सय ११ रनमा छैटौं विकेट गुमाएको स्कटल्याण्डले २ सय ७४ रन ९ विकेट गुमाएर पूरा गर्यो ।
सातौं विकेटका लागि माईकल लिग्स र ज्याक जार्भिसले ८१ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि स्पिनरहरुले ओभरमा रन दिदै विकेट लिएका थिए । चार जना स्पिनर प्रयोग गरेको नेपालका सबैजनाले कम्तिमा पनि १/१ विकेट लिएका थिए ।
सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए । कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।













