शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

 पन्त नेपालको पहिलो आईटीओ र मैनाली टु स्टार रेफ्री

मंगलबार, ०२ फाल्गुण २०७९खेलपाटी संवाददाता
 पन्त नेपालको पहिलो आईटीओ र मैनाली टु स्टार रेफ्री
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य पुस्करराज पन्त नेपालको पहिलो ईन्टर नेशनल टेक्निकल अफिसियल (आईटीओ) बनेका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ (आईबिए) ले गत १८ देखि २२ जनवरीसम्म थाइल्याण्डको राजधानी बैंककमा सञ्चालन गरेको आईटीओ परीक्षामा पन्त उत्तीर्ण भएका छन् । बैंककको ह्वामार्क इन्डोर स्टेडियममा गत १७ देखि २७ जनवरीसम्म भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आईबिएले आईटीओ परीक्षा पनि सञ्चालन गरेको थियो ।

त्यसै गरी सोहि प्रतियोगिताको समयमा जनवरी १७ देखि २७ तारिख सम्म सन्चालन भई सम्पन्न भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा आईबिए द्वारा सञ्चालित आईवा टू स्टार रेफ्री/जज कोर्षमा बागमती प्रदेश बोर्ड सदस्य धन कुमार मैनाली टू स्टार परीक्षा उत्तीर्ण गर्ने पहिलो नेपाली बन्न सफल रहेका छन् ।

एशियाली मुलुकहरु इराक, इन्डोनेसिया, भारत, बेलायत, कम्बोडिया, कजाकिस्तान, कुवेत, किर्गिस्तान, कोरिया, चीन, मलेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलंका, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान  गरी २० देशको २२ जना सहभागि आईटिओजहरुको यहि जनवरी १८ देखि २२ तारिखसम्म सञ्चालित उक्त आईटिओ तथा टु स्टार रेफ्री जज परीक्षामा उतीर्ण हुन सफल रहेका थिए ।

आईटिओज कुनै पनि अन्तर्राष्ट्रियस्तरका बक्सिङ्ग प्रतियोगिता सञ्चालन गर्नका लागि अन्तर्राष्ट्रिय बक्सिङ्ग संघद्वारा सञ्चालित परिक्षा (सर्टिफिकेसन कोर्ष) पास गर्न सफल अफिसियल हुन् । अहिलेसम्म कुनै पनि नेपाली  आइटिओ परिक्षा पास गर्न सफल भएका थिएनन् । आबिएको नियमानुसार बक्सिङ खेल सञ्चालनार्थ महत्वपुर्ण भूमिका निर्वाह गर्ने टेक्निकल डेलिगेट, डेपुटी टेक्निकल डेलिगेट्स, ड्र कमिश्नर, रिङ्ग साईड डाक्टर, कट टेक्निसियन, रेफ्री जज ईभेलुएटर, रेफ्री जज कोर्डिनेटर, अवर्जवर तथा ईक्विपमेन्ट मेनेजरलाई आईटिओज मानिन्छ ।

बक्सिङ प्रतियोगिताहरुलाई निष्पक्ष एवम् पारदर्शी ढंगले सञ्चालन गर्नका लागि आइबिएले समय समयमा नीति नियमहरु तथा निर्देशिकाहरु बनाएर उक्त परीक्षाहरुको सञ्चालन गर्ने गर्छ । आईटिओ तथा आईवा स्टार रेफ्री जज परिक्षा दिन कुनै पनि व्यक्ति एक्टिभ कोच, रेफ्री जज, टिम मेनेजर, बक्सर र पछिल्लो ६ महिनासम्म कुनै किसिमको कारवाही नभोगेको व्यक्तिले मात्र भाग लिन पाउँछ । यस्तो व्यक्ति निरन्तर बक्सिङ क्षेत्रमा काम गरिरहेको, आईवीएद्वारा सञ्चालित कोर्षहरुमा भाग लिएको तथा सम्पुर्ण नीति नियमहरुमा जानकार रहेको हुनुपर्छ ।

पन्त र मैनाली दुवैले सन् २०१९ मा नेपालमा आयोजित १३ औ दक्षिण एशियाली खेलकुद अन्तर्गत बक्सिङ्ग खेलको रेफ्री तथा जजको भुमिका समेत निर्वाह गरेका थिए ।

आईबिएले संचालन गरेको उक्त टू स्टार रेफ्री जज परिक्षामा नेपाल सहित विभिन्न देशहरुबाट १६ जना परिक्षार्थीहरु सहभागी रहेका थिए । आईबिएको नियम अनुसार आईटिओज तथा आईबिए टु स्टार सर्टिफिकेशन कोर्षको परिक्षामा उतिर्ण हुन लिखित तथा प्रयोगात्मक परिक्षामा कुल ८०% प्रतिशत अंक प्राप्त गर्नुपर्नेहुन्छ  ।

Loading ad...
LiNing Ad
पन्त नेपालको पहिलो आईटीओ र मैनाली टु स्टार रेफ्री

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई