दीपेश मछिन्द्रमा अनुबन्धित
बुधबार, माघ २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले दीपेश घलेलाई अनुबन्ध गरेको छ ।
मछिन्द्रले बुधबार दीपेशलाई अनुबन्ध गरिएको जनाएको छ ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि दिपेशलाई अनुबन्ध गरेको हो ।
नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।
यस अघि मछिन्द्रले फरवार्ड विजय भुजेल, मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निसेन सुब्बा, फरवार्ड सौरभ लिम्बु , प्रशान्त अवस्थी र मिडफिल्डर दिवाकर चौधरीलाई अनुबन्ध गरेको थियो ।
मछिन्द्रले राष्ट्रिय टिमका डिफेन्डर देवेन्द्र तामाङ, फरवार्ड विमल घर्ति मगर,मिडफिल्डर सुजल श्रेष्ठ,मिडफिल्डर अविशेक गुरुङ र उत्सव राईसँगको सम्झौता नवीकरण गरिसकेको छ ।
#दीपेश मछिन्द्रमा अनुबन्धित








-1763515978900.webp&w=3840&q=75)




