बेल्जियमको मुख्य प्रशिक्षकमा टेडेस्को
बुधबार, माघ २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बेल्जियमले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा डोमेनिको टेडेस्कोलाई नियुक्त गरेको छ ।
रोयल बेल्जियम एफएले बुधबार टेडेस्कोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
बेल्जियमले आगामी युरोकप २०२४ सम्मका लागि टेडेस्कोलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
३७ वर्षीय प्रशिक्षकले पछिल्लो पटक जर्मन क्लब आरबी लाइपजिग सम्हालेका थिए ।
मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएपछि बेल्जियम मुख्य प्रशिक्षक विहीन रहेको थियो ।
बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएपछि मार्टिनेजले राजीनामा दिएका थिए ।
बेल्जियमको मुख्य प्रशिक्षकमा टेडेस्को








-1763515978900.webp&w=3840&q=75)




