भूकम्पमा टर्किस गोलकिपरको निधन
बुधबार, माघ २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । टर्कीममा गएको भूकम्पमा परेर टर्किस गोलकिपर अहमेट इयुप टुर्कासलानको निधन भएको छ ।
टर्की र सिरियाको सीमामा केन्द्रबिन्दु बनाएर सोमबार गएको भूकम्पमा परेर गोलकिपर टुर्कासलानको निधन भएको हो ।
टुर्कासलान आबद्द क्लब एनी मालत्यास्पोरले भूकम्पमा उनले ज्यान गुमाएको पुष्टि गरेको छ ।
भूकम्पपछि टर्की र सिरियामा ५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
'हाम्रा गोलकिपर अहमेट इयुप टुर्कासलानको भूकम्पमा परेर निधन भएको छ । रेस्ट इन पिस,' क्लबले लेखेको छ ।
२८ वर्षीय टुर्कासलानले २०२१ मा टर्कीको दोस्रो डिभिजन क्लबमा अनुबन्धित भएका थिए । टुर्कासलानले क्लबका लागि ६ खेल खेलेका थिए ।
भूकम्पमा टर्किस गोलकिपरको निधन








-1763515978900.webp&w=3840&q=75)




